काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशको बलमा देश चलाउन खोज्नु लोकतन्त्र नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद केसीले संसद्लाई बेवास्ता गर्दै अध्यादेशबाट देश चलाउन खोज्नु अलोकतान्त्रिक भएको बताएका हुन् ।
‘दुई ठूला दल मिलेर सरकार बनाएपछि लोकतन्त्रलाई व्यवस्थित गर्छन् भनेर मैले विचार गरेको थिएँ,’ सांसद् केसीले भने, ‘संसद् नबोलाउने र अभ्यादेशबाट देश चलाउने हो भने यो लोकतन्त्र होइन ।’
संसद् समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने कुरा लोकतन्त्र हुन सक्दैन,’ उनले भने ।














