प्रदेश स्थापना दिवसको अवसरमा भोलि गण्डकीमा सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले आज एक सुचना जारी गर्दै भोलि मंगलबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।

मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

  • २१ माघ २०८१, सोमबार १३:५५ प्रकाशित