विपिनलाई छुटाउने पहल गर्दिन इजरायली राजदुतसँग देउवाको अनुरोध

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउने पहल गर्दिन इजराइलसँग अनुरोध गरेका छन् ।

बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन् । सम्मेलनमा सहभागी हुन आएका इजराइली राजदूत समुलिक एरी बासको ध्यानाकर्षण गराउँदै उनले सो कुरा राखेका हुन् ।

‘हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा इजराइली राजदूतले मद्दत गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ सभापति देउवाले सो क्रममा भने ।

  • १६ माघ २०८१, बुधबार १३:१८ प्रकाशित