कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरमा बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सभामुख देवराज घिमिरे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक विहान ११ सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ ।

संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

बैठकले संसद बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठक यही माई १८ गते बस्दैछ । उक्त बैठकको तयारीका लागि कार्यव्यवस्था समिति बस्न लागेको हो ।

  • १५ माघ २०८१, मंगलवार १०:२७ प्रकाशित