प्रधानमन्त्रीद्धारा सत्तापक्षीय दलको बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारलाई समर्थन गर्ने सत्तापक्षीय दलको बैठक आह्वान गरेका छन् ।

अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरि सत्तारुढ दलको बैठक राखेका हुन्। संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ।

बालुवाटार निकट स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ।सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।

  • १४ माघ २०८१, सोमबार ०९:३५ प्रकाशित