एमाले सचिवालय बैठक भोलि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार बेलुका चार बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो ।

गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ ।

साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उनलाई दिने जिम्मेवारीका बारेमा समेत छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।

  • ७ माघ २०८१, सोमबार १६:५३ प्रकाशित