रुपन्देहीमा इँटा उद्योगका मजदुरको कुटपिटबाट ज्यान गयो

केन्द्रभाग मिडिया

बुटवल ।

रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट ज्यान गएको छ ।

ज्यान गुमाउनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीया कृष्ण केवटले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइएकामा उपचारको क्रममा विहीबार राति साढे ११ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

निष्ठुरी केवटको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने अनुमान गरिएको कार्कीले बताए ।कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सूचना अधिकारी कार्कीले बताए ।

  • ४ माघ २०८१, शुक्रबार ११:०४ प्रकाशित