पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा छ ।
यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रुपैयाँ १२ पैसा छ । यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८० पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८ रुपैयाँ ७२ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा छ ।
आज रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ५९ पैसा र बिक्री दर ३७ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा रहेको छ ।