सबै कुराको समाधान संविधान संशोधनबाट खोज्नु उचित होइन : एमाले उपमहासचिव ज्ञवाली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गरेका हुन् ।

उनले संविधान निर्माणपछि केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको र मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको बताए । मुलुकमा यावत समस्याहरू रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बिचमा ठुलो खाडल रहेको जिकिर गरे ।

  • २३ पुष २०८१, मंगलवार १६:२३ प्रकाशित