माओवादी केन्द्रीय कमिटी बैठक : प्रत्येक सदस्यलाई तीन मिनेट बोल्ने समय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक व्यक्तिलाई तीन मिनेटको समय निर्धारण गरिएको छ ।

बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा बस्दैछ । बैठकमा प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए । आज र भोलि प्रतिवेदनमाथि छलफल हुनेछ ।

छलफल पश्चात् आएका सुझावको जवाफ अध्यक्ष प्रचण्डले पुस २४ गते दिएपछि बैठक समापन हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार यो पटक समूहगत छलफल हुने छैन।

  • २२ पुष २०८१, सोमबार ०९:५८ प्रकाशित