काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सक (डाक्टर)हरू कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने भएको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै कारबाही गर्ने तयारी गरिएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय समयमा नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकी बताउँछन् । उनका अनुसार अब अस्पतालमा स्वास्थ्यकर्मी भएरनभएको अनुगमन पनि गरिनेछ । ‘कार्यालय समयमा सेवामा उपस्थित हुनु सबैको कर्तव्य हो’, डा. बुढाथोकी भन्छन्, ‘यसलाई कडाइका साथ लागू गर्न स्मरण गराएका छौँ । अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ ।’
उनका अनुसार कार्यालय समयमा नभेटिए सचेत गराउने, जरिवाना गराउने, सेवाबाटै निकाल्नेसमेत कानुनमा उल्लेख छ ।