लेखा समिति सभापतिलाई राजीनामा दिन माओवादीको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

सोमबार समितिको बैठकमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि समेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताए ।

‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ,’ सांसद मोदीले भने, ‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’

विगतका कतिपय गलत अभ्यासलाई देखाएर गलत अभ्यासलाई नै निरन्तरता दिन राम्रो नहुने उल्लेख गर्दै उनले दोहोर्याए, ‘लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुन्छ ।’

यसअ‍घि नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले पनि लेखा समितिका सभापति पोखरेलको राजीनामा मागेको थियो ।

  • ८ पुष २०८१, सोमबार १५:०० प्रकाशित