नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्रीको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई आग्रह गरेकी छन् । शुक्रबारदेखि ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) पछि कुरा गर्दै उनले नेपालको ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरूलाई आह्वान गरेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरिन् । उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् । उनले नेपाल र भारतबिचको सम्बन्ध पुरानो र धेरै राम्रो रहेको उल्लेख गरिन् ।

परराष्ट्रमन्त्री राणाले नेपालका लागि भारत धेरै नै महत्त्वपूर्ण रहेको भन्दै नेपाल र भारतबिच नागरिक नागरिकबीचको सम्बन्ध रहेको बताइन् । उनले सामाजिक संस्कार, संस्कृति मात्रै नभइ व्यापार, व्यवसायमा पनि नेपाल र भारतबिच धेरै ठुलो सम्बन्ध रही आएको बताइन् ।

परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबिच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताइन् ।

  • ५ पुष २०८१, शुक्रबार १६:५९ प्रकाशित