जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी, रवि र छविसहित ५ जना विरुद्ध आइतबार हुने

केन्द्रभाग मिडिया

पोखरा ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

यद्यपि, सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुुद्दा दर्ता लागिएको हो । अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने भएको छ ।

  • ५ पुष २०८१, शुक्रबार १५:४३ प्रकाशित