जनकपुरधाम ।
बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् ।
गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ ।दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।