पोखरासहित गण्डकीको पर्यटन प्रवर्धन गर्न पर्यटन व्यवसायी पूर्वमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका पर्यटन व्यवसायी पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न पूर्वको भ्रमणमा निस्केका छन् । नाट्टा गण्डकीको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रालयको सहयोगमा प्रवद्र्धनमा निस्केको टोलीलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले विदाइ गरेका हुन् । विदाइ गर्दै उनले कार्यक्रमले दुबै क्षेत्रमा पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास प्रकट गरे । पर्यटन प्रर्वधनमा निजी क्षेत्रको सहभागिता मात्र नभएर अगुवाइ अनिवार्य रहेको उनको भनाई छ ।

टोलीले मधेश तथा कोशी प्रदेशका मुख्य सहरमा गण्डकीका पर्यटकीय गन्तव्यहरुको प्रचार, प्रवर्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्नेछ । शनिबारदेखि सुरु अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम २८ मंसिरसम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिए । टोलीले जनकपुर, इलाम र विराटनगरमा विभिन्न कार्यक्रम गर्ने नाट्टा गण्डकी पूर्व अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

उनले त्यहाँस्थित सरकार, स्थानिय निकाय, पर्यटन व्यवसायी, उद्योग व्यवसायी र पत्रकारँग अन्तरक्रिया गरी पोखरा र गण्डकी प्रदेश भ्रमणको निम्तो दिनेछ । नाट्टाले यसअघि पनि पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको महासचिव चेतबहादुर कार्कीले बताए । टोलीमा ३० जना सहभागी रहेको कार्यक्रम संयोजक संगीता पौडेलले जानकारी दिइन् ।

  • २३ मंसिर २०८१, आईतवार ०७:५१ प्रकाशित