विरगञ्जबाट पोखरा आउँदै गरेको बस हेटौंडामा दुर्घटना, १७ जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

विरगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई आज बिहान ९ः१५ बजे सडक छेउको खोल्सामा पल्टिएको हो ।पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १५ स्थित चुरियामाई मन्दिरनजिक बस दुर्घटना पल्टिँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरीक्षण्क (डीएसपी) स्यामु अर्यालले जानकारी दिए ।

घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदैछ । डीएसपी स्यामु अर्यालका अनुसार घाइते मध्य बाराको पर्सैनि ३ की ९ वर्षीया जोनीशा कुमारी ठाकुर टाउको अबस्था गम्भिर छ । उनको टाउकोमा चोट लागेको छ ।

कलैया २३ का ३२ वर्षीय सुरेन्द्र शर्मा, भारत हाजियापुरका ४१ बर्षीय रन्जन कुमार शिङ, पार्साकी १७ वर्षीया रमिता चौधरी, सोही ठाउँकी ३ वर्षीया निकिता चौधरी, ११ वर्षीया अमिता चौधरी, बाराको कलैया ३ का अलोक ठाकुरको १८ महिनाको छोरी (नाम नखुलेको) सोही ठाउँकी २८ वर्षीया अन्जु ठाकुर, १८ वर्षीया रन्जना ठाकुर, चितवनको भरतपुर ९ का ४ वर्षीय बद्रि प्रसाद पौडेल, भारत घर भएका अन्दाजी २४ वर्षीय इन्जमान खान, सोही ठाउँका २३ वर्षीय आर्यव खान, कैलाली ३ की ३५ वर्षीया सिमा चौधरी, बारा पसैनी ३ की ७ वर्षीया जेस्मी ठाकुर र स्याङजाका ५२ बर्षीय भिमबहादुर रेग्मीको अबस्था मध्यम रहेको छ ।

यसैगरी बाराको पर्सैनीका शुनिल ठाकुरको छोरी अन्दाजी ५ वर्षीया रिया ठाकुर, भारत बिहार पट्नाकी अन्दाजी २५ वर्षीया अल्कामा युसुफको समान्य अवस्थामा उपचार भइरहेको छ ।  बस दुर्घटना भएको जानकारी आउनासाथ प्रहरी सहायक निरीक्षक नबिन बिक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेको उद्दार गरी हेटौंडा अस्पताल पुर्याएको हो ।

 

  • ७ मंसिर २०८१, शुक्रबार १२:२३ प्रकाशित