सडक दुर्घटना बढेपछि गृहले बोलायो सर्वपक्षीय बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एकपछि अर्को सडक दुर्घटना हुन थालेपछि गृह मन्त्रालयले सरोकारवाला पक्षलाईलाई छलफलका लागि बोलाएको छ ।

प्रतिकुल मौसम नभएको र सडकको अवस्था सामान्य हुँदा पनि एकपछि अर्को दुर्घटना भएपछि न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा छलफल गर्न आइतबार अपराह्न बैठक बोलाइएको गृह मन्त्रालयले जनाएको छ ।

आजको छलफलमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुर समेतलाई बोलाइएको छ ।

अहिले यातायात व्यवसायीहरूले लामो तथा मध्यम दूरीका रुटहरूमा टिकटबिना यात्रा गर्नै नपाउने व्यवस्था गर्न माग गर्दै आएका छन् ।

पहाडी क्षेत्रमा बोलेरो लगायत ढुवानीका साधनमा यात्रु ओसार्ने प्रवृत्ति तथा क्षमताभन्दा धेरै यात्रु र सामान राख्दा समस्या भइरहेको उनीहरूको भनाइ छ ।

  • २ मंसिर २०८१, आईतवार १३:४१ प्रकाशित