उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारणसभा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आज शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको सहकारी संस्थाका ज्येष्ठ सदस्य पोखरा महानगरपालिका–३१ निवासी ८१ वर्षीया चिजमाया गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरिन ।

सभामा सहकारीका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । उनले पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अपचलनका घटनाले राम्रो गरेका र वित्तिय अनुसासन भएका सहकारीमा समेत असर पुगेको बताए ।

अध्यक्ष रानाभाटले संस्थका विकासका लागि सदस्यहरुको अझ बढी सहभागिताको अपेक्षा गरिएको र मासिक बचतलाई नियमित गर्न समेत सबैमा आग्रह गरे ।सभाका अवसरमा प्रवेशिका परीक्षा उत्तिर्ण सदस्यका छोराछोरीहरु सिद्धिका बगाले, कृति ढकाल, आमोदकाजी पौडेल, मञ्जिल अर्याल र आशिष रिजाल तथा कक्षा १२ उत्तीर्ण सदस्यका छोराछोरीहरु सम्पदा बराल, जेनिशा बराल,कृष्मा पौडेल, युविका बज्राचार्य, सुप्रिया श्रेष्ठ र आरोज रानाभाटलाई सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट आर्थिक कारोबार गर्ने सदस्यहरु डा चन्द्रप्रसाद आचार्य, कविता कार्की, सविना महर्जन सम्मानित भए । संस्थका कर्मचारी सुनिता जिसी सर्वोत्कृष्ट वर्ष कर्मचारी २०८१ बाट नगद रु पाँच हजार सहित पुरस्कृत भए ।संस्थाका उपाध्यक्ष लेखनाथ अर्यालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव रेवतिरमण भण्डारीले गर्नुभएको थियो ।

सहकारीका सात सिद्धान्त सञ्चालक समिति सदस्य एवं शिक्षा समितिका संयोजक वैकुण्ठ बरालले गर्नुभयो । साधारणसभाले कोषाध्यक्ष प्रमोद थापा तथा लेखा सुपरिवेक्षण समितिका संयोजक पुरोचन उदासको प्रतिवेदन पारित गरेको संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिनुभयो ।

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको उन्नति सहकारी संस्थामा हाल एक हजार ६ सय ३२ महिला र एक हजार ८ सय ७२ पुरुष गरी तीन हजार पाँच सय चार सदस्य रहेका छन् ।सहकारीको शेयर पूँजी रु १३ करोड २७ लाख २२ हजार नौ सय र निक्षेप रु ५२ करोड १५ लाख ७८ हजार नौ सय ७१ रहेको छ । संस्थाले रु ५७ करोड ७२ लाख ६२ हजार चार सय ९३ ऋण लगानी गरेको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

  • १ मंसिर २०८१, शनिबार १८:५१ प्रकाशित