कीर्तिपुरको मेयरमा एमालेले सुरेन्द्र मानन्धरलाई उठाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।
आगामी मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उठाउने तयारी गरेको छ ।

नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् ।

एमालेमा नगरले जिल्लामा सिफारिस गर्छ, जिल्लाले पठाउको नाममा प्रदेशले निर्णय लिने व्यवस्था छ । तर आकांक्षीहरुले समर्थन गरेर सर्वसम्मत नाम आएकाले उनलाई नै उठाउने एक नेता बताउँछन् ।

  • १७ कार्तिक २०८१, शनिबार ०९:२९ प्रकाशित