पोखरादेखि भक्तपुरसम्म सुतेरै यात्रा गर्न पाइने सुविधासहितको बससेवा

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गतका विभिन्न व्यवसायीहरुले प्रतिस्पर्धात्मक ढंगले एकपछि अर्कोगर्दै सुविधायुक्त बस सञ्चालनमा ल्याउने क्रमलाई तिव्रता दिएका छन् । यसैक्रममा कोइली ट्राभल्स प्रालिले पोखराको हेम्जादेखि भक्तपुरसम्म सञ्चालन हुनेगरी थप दुई सिल्पर रहेकोे एसीसहित सोफा बस सञ्चालनमा ल्याएको छ । बस सेवाको डेमो सुरवात सोमबार साँझबाट गरिएको छ भने मंगलबारबाट यात्रुलाई सेवा दिइने कोइली ट्राभल्स प्रालिका सञ्चालक मेघराज त्रिपाठीले जानकारी दिए ।

सोमबार बसको डेमोयात्राको सुभारम्भ पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले गरेका हुन् । बस सेवाको सुभारम्भ गर्दै उनले अव यात्रुले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आवद्ध बसहरुमा रोजे अनुसारको सेवा लिन सक्ने सुविधा प्राप्त भएको जानकारी दिए । वर्तमान जटिल अवस्थामा समेत पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीलाई भरोसा गरेर व्यवसायीले सुविधायुक्त बस सञ्चालन गरिरहँदा राज्यप्रति पनि यात्रु र व्यवसायीले अपेक्षा गरेको उनले बताए । सुविधायुक्त बाटोघाटो र व्यवसायीक वातावरण राज्यले बनाउनुपर्नेमा उनको जोड थियो ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी मार्फत सुविधायुक्त बसका सेवा अब देशभर प्राप्त हुने क्रम जारी रहेको जानकारी दिए । वर्तमान अवस्थामा पनि भविष्यको आसाले व्यवसायीले लगानी गरेको उनले बताए । यात्रुको सुविधा र व्यवसायीक हितका लागि आफुहरुले निरन्तर काम गरेको उनको भनाई थियो ।

मंगलबारबाट व्यवसायीक सुरुवात गर्ने बसमा ८ वटा सिटमा सुतेर यात्रा गर्न पाइनेछ भने १६ वटा सोफासहितको सुविधायुक्त सिट रहेका छन् । यात्रुले खाजा र पानीसहितको सुविधा प्रापत गर्ने कोइली ट्रभल्स प्रालिका अर्का सञ्चलक अशोक कुमार चौधरीले जानकारी दिए । उनका अनुसार यात्रुले एक हजार ६ सय रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

https://www.facebook.com/share/v/HDN1dAVnXaVCvGuB/

 

  • १२ कार्तिक २०८१, सोमबार २२:०० प्रकाशित