रास्वापाका कार्यकर्ताद्धारा माइतीघरमा प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाठौं ।

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।

लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।

अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थपेको छ ।

पोखरा केन्द्रित आन्दोलन गर्ने भन्दै आएका रास्वपाका कार्यकर्ताले पोखराका नागरिकले आन्दोलनमा साथ नदिएको भन्दै आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।

  • ९ कार्तिक २०८१, शुक्रबार १४:२७ प्रकाशित