अखिल क्रान्तिकारीले आज टर्च मार्च गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आज टर्च मार्च गर्ने भएको छ ।

पार्टीले भ्रष्टाचार र बेथितिका विरुद्ध कार्तिक १० गते काठमाडौँको भृकुटीमण्डपमा खबरदारी गर्ने घोषणा गरेपश्चात अखिल क्रान्तिकारी का विभिन्न तहका कमिटी सरकारविरुद्ध सडकमा उत्रिएका छन् ।

अखिल क्रान्तिकारी क्यामपस जिल्ला, प्राविधिक जिल्ला र ललितपुर जिल्ला समितिले आज बेलुका ६ः ०० बजे टर्च मार्च प्रदर्शन गर्ने भएका हुन् । उक्त प्रदर्शन संगठनको केन्द्रीय कार्यालय बागबजार अगाडिबाट सुरु हुने बताइएको छ ।

  • ९ कार्तिक २०८१, शुक्रबार १४:०३ प्रकाशित