लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण भएको छ । तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गराएका हुन् ।

बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन्।

शपथ लिएका मध्य तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन्।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए।

  • ८ कार्तिक २०८१, बिहीबार ०९:५७ प्रकाशित