अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान गरेका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन पौडेल गएराति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका हुन् ।

वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । उनी कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ ।

  • ६ कार्तिक २०८१, मंगलवार ०९:१४ प्रकाशित