विपक्षी दलले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

केन्द्रभाग मिडिया

काठमाडौं।

विपक्षी दलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको हो ।

माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदलले ज्ञापनपत्र तयार गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेसँग भेटघाट गरेर ध्यानाकर्षण गराउने एमालेका उपाध्यक्ष एवं कार्यदल सदस्य पाण्डेले जानकारी गराए। ‘प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने हो । राष्ट्रपति र सभामुखलाई हामीले यसो गरेका छौं है भन्ने जानकारी गराउने हो,’ पाण्डेले भने।

कार्यदलका सदस्यहरुका अनुसार विपक्ष दलले मूख्य गरी बाढी पहिरोको कुरालाई ज्ञापनपत्रमा समावेश गरेका छन् ।‘मूलत बाढी पहिरोको विषयलाई ज्ञापनपत्रमा राखेका छौं । विपद्मा सरकारले राम्रोसँग काम गर्न सकेन। पीडितलाई क्षतिपूर्ति दिने कुरा राखेका छौं,’ रास्वपा नेता एवं कार्यदल सदस्य खनालले भने ।

पीडितका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने कार्यहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

  • ४ कार्तिक २०८१, आईतवार १४:०९ प्रकाशित