निर्माण व्यवसायी समिति कास्कीको अध्यक्षमा नारायण गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
निर्माण व्यववसायी समिति कास्कीको अध्यक्षमा नारायण गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न अधिवशवनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा बेलबहादुर बस्नेत, उपाध्यक्षमा अच्युत शर्मा, महासचिव शिवबहादुर खड्का, सचिवमा तारानाथ पाठक, सहसचिवमा शंकर राई, कोषाध्यक्षमा विक्रम खत्री र सहकोषाध्यक्षमा थलकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यमा धनजित गुरुङ, होमनाथ शिलवाल, बलबहादुर सारु, मीठु नेपाली, रामजी सीके, राजु सुनार, फत्तबहादुर हिस्की, ओमप्रसाद रिजाल, जितबहादुर थापा, किरण लिम्बु, छबिलाल विक निर्वाचित भएका छन् ।

  • १ पुष २०७८, बिहीबार ०९:५४ प्रकाशित