पोखरा विमानस्थलबाट लेकसाइडको ट्याक्सी भाडा ८०० रुपैयाँ

त्रिभुवन विमानस्थललाई आधार मानेर भाडा निर्धारण, मिटर समायोजन विस्तारै गर्दै जाने समझ्दारी भएको दाबी

केन्द्रभाग मिडिया

पोखरा ।

ट्याक्सी चढ्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रु ठगिएको गुनासोलाई सम्बोधन गरिएको दाबी गरिएको छ । मुख्य पर्यटकीय क्षेत्र लेकसाइड आउने यात्रु धेरै ठगिएको गुनासो सम्बाधोन गरेको पोखरेली ट्याक्सी सेवा प्रालिका अधयक्ष सभोकान्त पौडेलले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा कायम मूल्यलाई आधार मानेर पोखरामा पनि मूल्य तय गरिएको उनले बताए । पोखरा विमानस्थलबाट लेकसाइड आउने यात्रुले अब ८ सय रुपैयाँ भन्दा बढी तिर्न नपर्ने उनले बताए । यदी त्यहाँभन्दा धेरै मागेमा ट्याक्सी नम्बर नोट गरेर समिति वा प्रशासनमा खबर गर्न उनले सेवाग्राहीलाई आग्रह गरे ।

एयरपोर्टबाट ट्याक्सीमा बाहिरिने यात्रु ठगिएको गुनासो धेरै नै आएपछि यसको समाधान निकालेका छौं, उनले भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नै आधार मानेर तत्कालका लागि पोखराको बाटो फुकाइएको छ । यसोगर्दा लेकसाइडको सम्मको भाडा ८ सय ५० रुपैयाँ पर्दोरहेछ । त्यसमा पनि ५० रुपैयाँ छुट दिएर ८०० रुपैयाँ तय गरेका हौं । यदी कसैले त्योभन्दा धेरै तिर्नुपरेमा पोखरेली ट्याक्सी सेवा प्रालि वा प्रशासनमा खबर गर्न सक्नुहुनेछ ।

अध्यक्ष  पौडेलले धेरै भाडा लिएको गुनासो आएका केही ट्याक्सी कारबाहीमाम परिसकेको समेत उनले जानकारी दिए ।

 

  • २४ आश्विन २०८१, बिहीबार १५:१० प्रकाशित