शुभकामना बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रवि रमण तिवारीले सहकारी संस्थाका शेयर सदस्यहरु आफ्नो संस्थामा आफ्नो भुमिका खोज्न नसक्दा केही सहकारीहरु संकटग्रस्त भएको बताए । तिवारीले अकुत समपत्ति कमाउनका लागि सहकारीहरुलाई प्रयोग गरेर अति सामान्य सञ्चयकर्ताको रकम हिनामिना गर्ने जोकोहीलाई कानुनको कडगरामा ल्याउने बताए ।

त्यसैगरी सहकारी विज्ञ समेत रहनुभएका अध्यक्ष तिवारीले एकदुई जनाको बदमासीले सिङ्गो सहकारी आन्दोलन नै ठग्मगाएको अवस्थामा राम्रा सहकारीहरुले नेतृत्व गरेर जानुपर्ने बताए । संस्थाका सल्लाहकार एवं वरिष्ठ पत्रकार रमेश पौडेलले सहकारीको ऋण लिएर तिर्न पर्दैन भन्ने सोचलाई हरेक ऋणीहरुले परिवर्तन गर्नुपर्ने बताए । संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष गोकर्ण बरुवालले सहकारीमा आएका चुनौतीलाई सामना गर्न सहकारीका शेयर सदस्य नै लागि पर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमशंकर बरुवालले पोखराका केही सहकारीमा आर्थिक सुशासन हुन नसक्दा शंकटा आएपनि आफ्नो सहकारी राम्रो भएको दाबी गरे । त्यसैगरी संस्थाका उपाध्यक्ष रामचन्द्र आचार्य, शेयर सदस्य जमूना आचार्य र राम शरण कार्कीले कार्यक्रममा सहकारीको अवसर र चुनौतीका बारेमा आ–आफ्नो भनाई राखेका थिए ।

सो सभामासंस्थाद्धारा २०८१ म सम्मिलित कक्षा १२ मा उतिर्ण गरी उत्कृष्ट अंक हासिल गर्ने प्रतिज्ञा श्रेष्ठ र प्रवेश पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता आ.व. २०८० ८१ शेयर सदस्य हिमलाल भुषाल, उत्कृष्ट कारोबारी चेत कुमारी खड्का र संस्थाका ज्येष्ठ शेयर सदस्य कृष्ण कुमारी तुलाचन र पार्वती पराजुलीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका पूर्व अध्यक्ष गोकर्ण बरुवाललाई वर्तमान अध्यक्ष प्रेमशंकर बरुवालले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष प्रेमशंकर बरुवालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिएभने सचिव ठाकुर सापकोटा र का.वा कोषाध्यक्ष हर्क बहादुर भण्डारील, लेखा सुपरिवेक्षण समितिका संयोजक झलकनाथ शर्माले विभिन्न प्रतिवेदन प्रस्तुुत गरेका थिए । साविक धौलागिरी घर भई हाल पोखरा बस्दै ९० प्रतिशत सो संस्थाको शेयर सदस्य रहेका छन् ।

करिब ३ करोड शेयरपुंजी रहेको सो संस्थामा ७ सय भन्दा बढी शेयर सदस्य रहेको छ । संस्थाले १२ करोड भन्दा बढी ऋण लगानी गरेको छ भने यस बर्षको साधारण सभाले शेयर सदस्यलाई १० प्रतिशत लाभाशं बाड्ने निर्णय पारित गरेको छ ।

  • २० आश्विन २०८१, आईतवार २०:४२ प्रकाशित