सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्र बनाउँछौँ : मन्त्री पौडेल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरूको लागि तालिम दिने केन्द्रहरू बनाउने तयारी गरिरहेको बताएका छन् ।

गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य ९ओपिडी० सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले अटिजमको समस्या भएका बालबालिकाहरू धेरै रहेकाले उनीहरूको लागि सात वटै प्रदेशमा तालिम दिने र सीप सिकाउने केन्द्रहरूको निर्माण गर्ने तयारीका लागि मन्त्रालयले समिति बनाउने पहल गरिरहेको बताए ।

उनले जन्मिएको शिशुलाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निष्कर्ष निकाल्ने स्थिति नेपालमा हुनुपर्ने बताए । उनले कुनै समस्या भए स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति निर्माण गर्न जरुरी रहेको बताए । बालबालिकाहरूमा उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरूको पहिचान गरेर सुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्ने बताए ।

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा थप सेवाहरू उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई पूर्णता दिने र सेवा प्रभावकारी बनाउने बारेमा गम्भीर रूपमा छलफल गरिरहेको बताए ।

  • २० आश्विन २०८१, आईतवार १५:३२ प्रकाशित