बेलबुट्टे आदर्श बाल क्लबको शुभकामना आदानप्रदान

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ३२ तल्लोगगनगौंडामा कृयाशिल बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक काममा सकृय बनिरहेको क्लबले प्रत्येक वर्ष विजयादशमी, दिपावली, छठ लगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दै आएकोमा यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको क्लबका अध्यक्ष सुजाता पौडेलले जानकारी दिइन ।

कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक रामप्रसाद तिवारीले सबै चाडपर्वका अवसरमा शुुभकामना व्यक्त गरे । सामाजिक व्यक्तित्व गुरुप्रसाद पौडेलले क्लबले आँफूलाई सिर्जनात्मक गतिविधिमा अघि बढाउनुपर्नेमा जोड दिए । क्लबका प्रत्येक सदस्यले आँफूलाई अनुशासित बनाउँदै नियमित अध्ययन कार्यमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।

क्ल्बका अध्यक्ष सुजाता पौडेलको अध्यक्षता एवम् सचिव ओशिष घिमिरेले सञ्चालन गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष दीक्षा वाग्ले, सह सचिव इशान पौडेले, कोषाध्यक्ष कृति घिमिरे, क्लबका सदस्यहरू आयुुष्मान खनाल, सक्षम पौडेल, कीर्तन घिमिरे, समिर पौडेल, रियान सापकोटा, दीपिका वाग्ले लगायतले शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै शान्ता पौडेल, नवराज घिमिरे, हरिष्चन्द्र पौडेल, वासुदेव पौडेल, शारदा भट्टराई पौडेल, चित्राकुमारी घिमिरे पौडेल, रोशन सापकोटा, जीवनसरिता बास्तोला घिमिरे, किशोर घिमिरे, खडानन्द बराल, गंगा घिमिरे, विन्दु बराल वाग्ले, इन्दिरा पौडेल, सत्यदेवी बराल लगायतले क्लबका गतिविधि सिर्जनात्मक बन्नुपर्ने बताउँदै चाडपर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

नविन टोल विकास संस्थाद्वारा सरसफाई

विजयादशमी, दिपावली, छठ लगायतका चाडपर्वको अवसर पारी तल्लो गगनगौैडास्थित नविन टोल विकास संस्थाले टोल क्षेत्रमा आज सरसफाई गरेको छ । संस्थाले सेरावेशीँचोकदेखि बाह्रसय चौताहुँदै पुरानोगाउँको चौतारासम्मो सडक क्षेत्रमा सरसफाई गरेको संस्थाका सचिव मोहनराज बरालले जानकारी दिए ।

  • १९ आश्विन २०८१, शनिबार १५:४५ प्रकाशित