काठमाडौं ।
कीर्तिपुरको मच्छेगाउँ बसपार्क नजिकै वर्षासंगै खोलाबाट आएको ढलको पानी छेक्न जाँदा बाढीले बगाएर एक जनाको ज्यान गएको छ ।मच्छेगाउँको बसपार्क नजिक बस्ने ६२ वर्षीय सहदेव लामाको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ । बिहीबार बिहान वर्षासँगै खोलाबाट पानी उनको घरभित्र पसेको थियो। ढलको पानी छेक्न जाँदा उनलाई बाढीले बगाएको थियो ।
यसैगरी कीर्तिपुर नगरपालिका –१० स्थित नयाँ बजारमा खोलाले बगाउँदा प्रल्हाद मर्हजन बेपत्ता भएका छन्। घर अगाडि सरसफाइ गर्दैगर्दा ढिस्कोले पुरिएर उनी बेपत्ता भएका हुन् । उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।













