काठमाडौँ ।
बाढी पहिरोबाट क्षति ब्यहोरेका किसानलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन् । कृषि समितिको बैठकमा बाढी पहिरोबाट भएको कृषि उपज र पशुवस्तुको क्षति किसानलाई तत्काल राहत उपलब्ध गराउन सांसदले माग गरेका हुन् ।
सांसद विरेन्द महतोले बैठकमा सयौँ हेक्टर बाली भित्राउने समयमा नष्ट भएको बताए । उनले सरकारले तत्काल राहत उपलब्ध गराउन आग्रह गरे । ‘घर भित्र्याउने बाली नष्ट भएको छ,’ उनले भने, ‘तत्काल राहत दिन के छ ? बजेट नभए आकस्मिक बजेट ल्याउनुपर्छ । किसानलाई पहिलो फेज, दोस्रो फेज गरेर राहत उपलब्ध गराउनु पर्छ ।’ उनले तीनै तहको सरकार समन्वय गरेर किसानको खातामा राहत सिधै पठाउन आग्रह गरे । सरकारले हरेक वर्ष आउने विपद्को तयारी सरकारले किन नगरेको भन्दै उनले प्रश्न गरे ।
सांसद भानुभक्त जोशीले कृषि पशु व्यवसायमा संकट आइपरेकाले मन्त्रालय जिम्मेवार बन्नु पर्ने बताए ।सांसद वीर बहादुर बलायरले किसानले पीडा भोगिरहेको समयमा सरकारले कार्य नगरेको आरोप लगाएका छन् । बलायरले कृषिका ठुला फर्महरूले बीमा गरेपनि सरकारले भुक्तानी दिन नसकेको बताए ।
‘चाहेजति राहत दिन सक्ने अवस्था छैन’
बाढी पहिरोका कारण कृषि क्षेत्रमा भएको क्षतिको राहत दिन सक्ने अवस्था नरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले बताएकी छन् ।












