परासी ।
पूर्व(पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा मर्मतका लागि मंगलबार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
सोमबार दिउँसो सडक भासिएर यातायात अवरुद्ध भएकोमा सामान्य मर्मत गरेर मंगलबार बिहानदेखि सडक सञ्चालनमा ल्याइएको थियो ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरेर असोज १५ गते राति १० बजे देखि १६ गते बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएको हो ।
अहिले निर्माण भएको डाइभर्सन पानी परेमा बगाउन सक्ने भन्दै सडक बन्द गरेर मर्मत गर्न लागिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।