घटस्थापना देखि पोखरा–चितवन–पोखरा सुबिधायुक्त सोफासहितको बस सञ्चालन हुने

केन्द्रभाग मिडिया

पोखरा ।

यही १७ आसोज घटस्थापना देखि पोखरा–चितवन–पोखरा सोफासहितको एसी बस सञ्चालनमा आउने भएको छ । सुबिधा युक्त २५ सिटे उक्त बस पोखराको पर्यटन बसपार्क बाट विहान ७ः३० बजे र चितवनबाट विहान ७ः०० छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

यात्रुको सुविधालाई मध्यनजर गर्दै थप सुविधासम्पन्न बस पोखरा–नारायणगढ रुटमा हालिएको उनले बतए । उनका अनुसार दुई वटा बस डेढ करोडको लगानीमा ल्याइएको हो । बसमा एसीसहित २/१ सोफाको सुविधा रहेको उनले बताए । ११ सयरुपैयाँ भाडादर निर्धारण गरिएको उक्त  बस छुट्टै पोशाकसहित अनुभवी चालकले चलाउनेछन् ।

अध्यक्ष केसीका अनुसार फ्रुट, बिस्कुट, लेज, कुरकुरेसहितका सेवा यात्रुले पाउनेछन् । साथै यात्रुकै रोजाई अनुरुपको खाना खाने ठाउँमा बस रोकिनेछ । यो रुटमा पहिलो पटक  यस्तो सुविधायुक्त बस सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले दाबी गरे ।

चितवनबाट ७ बजे चेढेका यात्रु १ बजे पोखरा आइपुग्ने र पोखराबाट ७ः३० बजे चढेका यात्रु १ देखि २ बजेसम्म चितवन पुर्याइने उनले जानकारी दिए ।

 

  • १५ आश्विन २०८१, मंगलवार ०८:१२ प्रकाशित