काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बाढीपहिरोबाट सात जनाको ज्यान गएको छ।
मेयर रामशरण भण्डारीका अनुसार बेपत्ता रहेका १७ जनामध्ये आइतबार दिउँसोसम्म ७ जनाको शव फेला परेको हो। बाँकी १० जना बेपत्ताको खोजीकार्य जारी रहेको मेयर भण्डारीले जानकारी दिएका छन्।
सो ठाउँमा ३ वटा स्वास्थ्यचौकी, ७ वटा पक्की पुल र एउटा झोलुङ्गे पुलमा पूर्ण क्षति पुगेको छ ।विद्यालयहरूको क्षति विवरणबारे जानकारी लिने क्रममा रहेको मेयर भण्डारीले बताए। अन्य धनमाल र पशुचौपायको क्षति संकलन गर्न नगरपालिकाबाट टोली खटिएको छ।














