घटस्थापनापछिका ७० प्रतिशत हवाई टिकट बुक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दशैअघि हवाई यात्रा गर्ने यात्रुले धमाधम टिकट बुक गरिरहेका छन् । दशैंका बेला भाडामा वृद्धि हुने भएकाले यात्रुले दशैं अघि टिकट बुक गरेका हुन् । घटस्थापनापछिका ७० देखि ७५ प्रतिशत टिकट बुक भइसकेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए ।

दसैँ आउन अब दुई हप्ता मात्रै बाँकी छ । यातायात व्यवसायीहरूले भोलि (शनिबार)देखि दसैँको टिकट बुकिङ गर्ने भएका छन् ।

यसैबिच हवाई यात्राका लागि धेरै यात्रुले भने टिकट बुक गरिसकेका छन् । एयरलाइन्स कम्पनीहरूले दिएको जानकारीअनुसार यात्रुले एक महिना अघिदेखि दसैँको लागि टिकट बुक गर्न थालिसकेका थिए । घटस्थापनादेखि एक साता पछिका टिकट सबैभन्दा धेरै बिक्री भएका छन् ।

अधिकांश टिकट अनलाइनबाटै बिक्री हुने कारणले गर्दा एयरलाइन्स कम्पनीहरूले दसैँका लागि अग्रिम बुकिङ खुलाउँदैनन् । यही कारण यात्रुले धेरै पहिले सस्तो टिकट काटिसकेको देखिन्छ । यसले गर्दा घटस्थापनादेखि फूलपातीसम्म कुनै पनि गन्तव्यका लागि न्यूनतम दरमा टिकट अब पाइने छैन ।

उदाहरणका लागि काठमाडौँबाट नेपालगञ्जका लागि सरकारले न्यूनतम ६ हजार ६०० र अधिकतम १३ हजार २६४ रुपैयाँ तोकेको छ । घटस्थापना ९१७ गते० पछिका दिनमा ७ हजार ५०० भन्दा माथिका टिकट मात्रै बाँकी छन् । त्यस्तै २२ गतेपछिका लागि ९ हजार ५०० भन्दा माथिका केही टिकट मात्रै छन् ।

न्यूनतम र अधिकतम तोकिएको तथा यात्रुले छनोट गरेर आफैँ काट्ने भएका कारण एयरलाइन्सले भाडा बढाए भनेर अफवाह फैलाइएको पनि कर्णले बताए ।

  • ११ आश्विन २०८१, शुक्रबार १५:४१ प्रकाशित