सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटन र तुल्सीपुरका मुख्य न्यायाधीशलाई सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्ले पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुल्सीपुरका नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको हो ।

हाल सर्वोच्चमा ४ जना न्यायाधीश रिक्त रहेको र निकट भविष्यमा दुई न्यायाधीश रिक्त हुने भएपनि अरू पद रिक्त राखेर उनीहरूलाई मात्रै सिफारिस गरिएको हो ।

  • ११ आश्विन २०८१, शुक्रबार १५:२६ प्रकाशित