वर्षाका कारण आन्तरिक उडान प्रभावित

केन्द्रभाग मिडिया

File photo

निरन्तरको वर्षाका कारण कम भिजिविलिटी हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् ।

सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने भइरहेका छन् ।

  • ११ आश्विन २०८१, शुक्रबार १०:२८ प्रकाशित