पाँच प्रदेशमा धेरै भारी वर्षा हुने, तराईमा हावा हुरीको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका तराई भू-भागका केही स्थानहरुमा हावा हुरीको समेत सम्भावना छ ।

राति देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ ।

  • १० आश्विन २०८१, बिहीबार ०६:३२ प्रकाशित