प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बसेको बैठक आज पनि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक मङ्गलवारसम्मका लागि स्थगित भएको छ ।

सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईका थप कागजपत्रहरू उपलब्ध हुन नसकेको र सांसदहरूको सङ्ख्या अपुग भएपछि मङ्गलवारसम्मका लागि स्थगित भएको हो ।

प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो । यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो ।

भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् ।

  • ७ आश्विन २०८१, सोमबार १६:२२ प्रकाशित