काममा ढिलासुस्ती नगर्न मातहत निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहत कार्यालय प्रमुख र आयोजना प्रमुखलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

जनताले अनुभूति गर्ने गरी परिणाममुखी भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।उनले सहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालासँग समन्वय गरी काममा द्रुतता दिनुपर्ने बताए ।

कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न छलफल राखेका हौं । टिम वर्कका खपमा अघि बढेर परिणाम दिनुपर्‍यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’

सोही क्रममा उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरी आउने दिनमा प्रभावकारी काम गर्न आग्रह गरे ।

कार्यालय प्रमुखहरूले भइरहेका कामको प्रगति विवरण र काममा भोग्नुपरेका चुनौती तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए ।

छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले विभागका प्रमुखहरू र आयोजना प्रमुखहरूलाई नतिजामुखी हुने गरी काममा लाग्न आग्रह गरे ।

  • ७ आश्विन २०८१, सोमबार १४:५२ प्रकाशित