पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

काठमाडौँबाट पक्राउ परेसँगै पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् । छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । उनी पक्राउ परेसँगै आफू पनि पक्राउ पर्न सक्ने भन्दै रवि लामिछानेले सरकारी तयारीको विरोध गर्दै आएका छन् ।

  • ७ आश्विन २०८१, सोमबार १४:२३ प्रकाशित