बारामा जंगली हात्ती मृत फेला

केन्द्रभाग मिडिया

File photo

बारा ।

बारामा एउटा वयस्क हात्ती मृत फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको हात्ती मृत फेला परेको हो ।

कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार रमेश जिसीको धान खेतमा आइतबार हात्ती मृत फेला परेको जानकारी दिए ।

हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको पाइएको छ । त्यसैले करेन्ट लागेर हात्ती मरेको प्रारम्भिक अनुमान छ ।करेन्ट कसले लगाएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख करिमले बताए ।

यसअघि २०८० साल फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृत फेला परेको थियो ।

  • ७ आश्विन २०८१, सोमबार १०:३८ प्रकाशित