धनुषा प्रहरीको हिरासतबाट ८ थुनुवा फरार

केन्द्रभाग मिडिया

धनुषा ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट आइतबार राति भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नम्बर ७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका वडा नम्बर १३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी धनुषाकै औरही गाउँपालिका वडा नम्बर २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका वडा नम्बर २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएका थिए ।

फरार भएकाहरूमध्ये ५ जना लागु औषध मुद्दाका थुनुवा रहेका छन् भने ३ जना अभद्र व्यवहार मुद्दाका आरोपित रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

फरार भएकाहरू मध्येबाट एक जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले अहिलेसम्म सत्यम झालाई पक्राउ गरेको जानकारी दिएको छ । अन्य फरारहरूको खोजीकार्य भने जारी रहेको प्रहरीले जनाएको छ ।

  • ७ आश्विन २०८१, सोमबार ०९:१८ प्रकाशित