धनगढी विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

धनगढी।

धनगढी विमानस्थलमा ढलेर एकजनाको ज्यान गएको छ ।

शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका –२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले ढलेर बेहोस् भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बताए ।

उनको हदयघातका कारण ज्यान गएको आशंका गरिएको छ ।

  • ६ आश्विन २०८१, आईतवार १६:२४ प्रकाशित