पोखरा बसपार्क जाने क्रममा मोटरसाइकल दुर्घटना : २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।

भरतपुर महानगरपालिका–२ नारायणगढको लीला चोकमा शनिबार तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सहिद चोकबाट पोखरा बसपार्क जाने क्रममा बा प्र ०६–००२ प ३१४५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा पूर्वी नवलपरासीको गैँडाकोटका ३६ वर्षीय रविन थापा र लमजुङ दुधपोखरी गाउँपालिका–६ का ४० वर्षीय पूर्णबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

ज्यान गुमाउने थापा मोटरसाइकल चालक हुन् भने गुरुङ पछाडि सवार थिए। उनीहरुको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

  • ६ आश्विन २०८१, आईतवार १०:२७ प्रकाशित