सहकारी ठगेर फरार हुने २९ जनाको नामको सूची सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सहकारीको बचत अपचलन गरेर २९ जना फरार भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सूर्य थापा नेतृत्वको समितिले सहकारीको पैसा ठगेर जीबी राई मलेसियामा रहेको प्रतिवेदनमा लेखेको छ । फरार भएकै कारणले उनीसँग बयान लिन नसकिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन‚ ज्योति गुरुङ‚ दीपक थापा लगायतका व्यक्ति फरार रहेको समितिले प्रतिवेदनमा लेखेको छ । फरारको सूचीमा रहेका उनीहरूलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन दिएको प्रतिवेदनमा लेखिएको छ ।

  • ४ आश्विन २०८१, शुक्रबार १७:०४ प्रकाशित