पत्रकार महासंघका कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् ।महासंघको चुनाव गर्न नसकेपछि विष्टले शुक्रबार राजीनामा दिएका हुन् ।

यसअघि अध्यक्ष विपुल पोखरेलले महासंघको अध्यक्ष पदबाट राजीनामा दिएपछि विष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो । आजै एक सूचना जारी गरी निर्वाचन कमिटीले असोज १२ गतेका लागि तय भएको निर्वाचन कार्यक्रमअन्र्तगतको मनोनयन कार्यक्रम स्थगित गरेको थियो ।

  • ४ आश्विन २०८१, शुक्रबार १६:४० प्रकाशित