जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

नवलपरासी।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन् ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताएका छन् ।

‘आम जनताको सहभागिता विना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ’, उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ ।’

समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै उनले सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गरे ।

जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएकाले भएरगरेका कामको जानकारी जनताले लिनु आवश्यक रहेको उनको भनाइ छ ।

  • १ आश्विन २०८१, मंगलवार १५:१६ प्रकाशित